वास्तविक गरिबले पाएनन् परिचयपत्र (भिडियो सहित)
गरिब परिचयपत्र वितरणले निम्ताएको विवाद
धनगढी उप–महानगरपालिका वडा नम्बर १२ का शिवशक्ति टोलका अमर बहादूर तामाङलाई स्थानीय शिव मन्दिरको संरक्षण र मन्दिरकै जग्गामा झुपडी बनाएर बस्दै आएको वषौँ बित्यो । २०७० सालमा गरिब घरपरिवार पहिचानका लागि टोल टोलमा पुगेको टोलीलले तथ्याङ्क संकलन गरेर लैजादा तामाङलाई आफ्नो पनि पहिचान हुने र केही राहात पाउने आशा थियो तर टोलका अधिकांशले गरिब परिचयपत्र पाए तामाङले भने पाउन सकेनन् ।
वडाका आधा भन्दा बढि परिवारले परिचय पत्र नपाउदा समेत त्यसका लागि जनप्रतिनिधिले पहल नगरिदिएको भन्दै स्थानीय निराश भएका छन् । स्थानीय मनमाया गहतराजले पक्की घर र विगाह जमिन भएकाहरुलाई गरिबपरिचय पत्र वितरण गरिदा वास्तविक गरिबले नपाएको बताईन् । ७५ वर्षीय दत्तुराम सार्कीले गरिब परिचय वितरणमा राज्यले विभेद् गरेको आरोप लगाए । उनले भने, ‘मेरो एक कठ्ठा जमिन छैन् तर सरकारले आफूलाई गरिबको सूचीमा नपारेको बताए । सरकारले निम्न वर्गलाई लक्षित गरेर ल्याएको गरिब परिचयपत्र सम्पन्न परिवारलाई वितरण गरेपछि धेरैले विरोध जनाएका छन । उनीहरुले दैनिक वडा कार्यालयमा धर्ना समेत दिने गरेका छन् ।