सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरको बेलडाँडी गाउँपालिकाले दियो शोक विदा

२०७७ मंसिर ५, ०६:११ रक्षा भट्ट

धनगढी : कञ्चनपुरको बेलडाँडी गाउँपालिकाले आइतबार (७ गते) शोक विदा दिने भएको छ । 

गाउँपालिकाको वडा नम्बर ५ का अध्यक्ष कृष्णबहादुर रोकायाको निधन भएपछि गाउँपालिकाले शोक विदा दिने भएको हो । 

५७ वर्षीय वडाध्यक्ष रोकाया शुक्रबार विहान सोही वडास्थित किसान मध्यवर्ती सामुदायिक वनको एउटा रुखमा झुण्डिएको अवस्थामा फेला परेका थिए ।  

त्यसपछि गाउँपालिकाको आज बसेको आकस्मिक बैठकले आइतबार गाउँपालिका क्षेत्रभित्रका सम्पूर्ण सरकारी कार्यालयमा सार्वजनिक विदा दिने निर्णय गरेको छ । 

साथै गाउँपालिकाले सूचना जारी गरी मृतक वडाअध्यक्ष प्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति सहानुभूति एवं समवेदना प्रकट गरेको छ ।

रक्षा भट्ट दिनेश खबरका संवाददाता हुन्। उनले समसामयिक विषयमा कलम चलाउछिन्।

कमेन्ट लोड गर्नुस