डोटीको केआईसिंह गाउँपालिकामा करेन्ट लागेर एक किशोरिको मृत्यु
डोटीको केआईसिह गाउँपालिकामा करेन्ट लागेर एक किशोरिको मृत्यु भएको छ । मृत्यु हुनेमा केआईसिह गाउँपालिका वडा नं ५ सल्ले भुलकी छोरी १७ बर्षिया गंगाकुमारी भुल रहेकी छिन । मंगलबार विहान रुखको घासकाट्ने क्रममा करेन्ट लागेर घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । शव लाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल सिलगढी पठाई सकेको प्रहरीले जनाएको छ । डोटी मा बिद्युतको लापरवाहिका कारण करेन्ट लागि मृत्युहुनेको संख्या दिननुदिन बढ्दै जादा समेत सम्वन्धित निकायको ध्यान अझै जान सकेको छैन ।