श्वास प्रश्वासमा समस्या देखिएपछि धनगढी रेफर गरिएका पुरुषको बाटोमै मृत्यु
दार्चुला: श्वास प्रश्वासमा समस्या देखिएपछि दार्चुलाबाट धनगढी रेफर गरिएका एक पुरुषको बाटोमै मृत्यु भएको छ । नेपाल विद्युत प्राधिकरण दार्चुला वितरण केन्द्रमा कार्यरत उनको शनिवार राति धनगढी लैजाँदै गर्दा बैतडीको सतबाँजमा मृत्यु भएको हो ।
शनिबार श्वास प्रश्वासमा अत्याधिक समस्या देखिएपछि उनलाई महाकाली नगरपालिकाको एम्बुलेन्सबाट धनगढी लैजाँदै गर्दा बाटोमै मृत्यु भएको बताइएको छ ।
उनको शरिरमा अक्सिजनको मात्रा कम रहेको र पीसीआर परीक्षणका लागि स्वाव संकलन गरी बैतडी प्रयोगशालामा पठाइएको जिल्ला अस्पताल दार्चुलाले बताएको छ