सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडी बस दुर्घटनाप्रति कैलालीका राजनीतिक दलहरुद्वारा दुःख व्यक्त

२०७७ कार्तिक २८, ०६:२८ खबर संवाददाता

धनगढी: बैतडीमा भएको बस दुर्घटनाप्रति कैलालीका राजनीतिक दलहरुले दुःख व्यक्त गरेका छन् । 

जनता समाजवादी पार्टी(जसपा) सुदूरपश्चिम प्रदेश समिति र नेपाली कांग्रेस प्रदेश संसदीय दलको कार्यालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गरी दुर्घटनामा ज्यान गुमाएकाहरुप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् । 

नेपाली कांग्रेसले ज्यान गुमाएका परिवारलाई तत्काल राहत प्रदान गरिनुपर्ने, घाइतेहरुको निःशुल्क उपचार गरिनुपर्ने, सडक दुर्घटना न्यूनीकरणका लागि सडक निर्माण कार्यमा ध्यान दिनुपर्ने लगायतका मागहरु संसदीय दलका नेता डा. रणबहादुर रावलद्वारा हस्ताक्षरित विज्ञप्तिमार्फत गरिएको छ ।

त्यस्तै सो दुर्घटनामा परी घाइते भएकाहरुको शिघ्र स्वास्थ्य लाभको कामनासहित निःशुल्क र प्रभावकारी उपचारका लागि समाजवादी पार्टी कैलालीका अध्यक्ष कृष्णकुमार चौधरीद्वारा हस्ताक्षरित विज्ञप्तिमार्फत प्रदेश सरकारसमक्ष माग गरिएकोे छ ।

कमेन्ट लोड गर्नुस