सुदूर नेपाललाई विश्वसँग जोड्दै

काम गरेको ज्याला नपाएको भन्दै दार्चुलाको शैल्यशिखरमा तालाबन्दी

फाइल फोटो
फाइल फोटो
२०७७ कार्तिक २८, ०४:३१ खबर संवाददाता

दार्चुला: काम गरेको ज्याला नपाएको भन्दै शुक्रबार दार्चुलाको शैल्यशिखर नगरपालिकामा तालाबन्दी गरिएको छ ।

७ महिना अघि क्वारेन्टिनमा काम गरेका स्वंयमसेवकहरुले भत्ता नपाएको र भत्ताका लागि पटकपटक आग्रह गर्दा समेत सुनुवाई नभएको भन्दै कार्यालयमा तालाबन्दी गरेका हुन । 

क्वारेन्टिनहरुमा काम गरेका स्वंयमसेवकहरुले भत्ताका लागि १० दिनदेखि माग गरेको भएतापनि कुनै सुनुवाइ नभएपछि उनीहरुले ताला लगाएको प्रकाश विष्टले बताए । कर्मचारीहरुलाई भित्रै थुनेर नगरपालिको कार्यालयमा तालाबन्दी गरिएको उनले बताए । 

उता नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत शुरेन्द्र विष्टले भने लेखापाल कार्यालयमा उपस्थित नभएकाले तिहारपछि भुक्तानी गरिने बताउँछन् ।

कमेन्ट लोड गर्नुस