सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको गोदावरीका अतिविपन्नलाई तिहार कोशेली वितरण सुरु

२०७७ कार्तिक २७, ०७:३३ खबर संवाददाता

धनगढी :कैलालीको अत्तरियाका पत्रकार हेमराज भट्टसहितको युवा समूहले थालेको दशैंतिहार कोशेली कार्यक्रमलाई निरन्तरता दिएको छ । जसअन्तरगत बिहिबारदेखि गोदावरी नगरपालिकाका विपन्न परिवारलाई दोस्रो चरणको राहत वितरण सुरु भएको छ ।

गोदावरी एफएमका समाचार प्रमुख समेत रहेका भट्टसहित गौरीशंकर टोल सुधार संस्थाको युवा समूहले महिला तथा बालबालिका सेभ हाउसको समन्व्यमा वडा नम्बर ११ र १२ का अतिविपन्न ७ परिवारलाई खाद्यान्न सहयोग गरेका छन् ।

 प्रतिपरिवार २० किलो चामल, दाल, नुन र तेल लगायतका सामग्रीहरु हस्तान्तरण गरिएको पत्रकार भट्टले जानकारी दिए । देश तथा विदेशमा रहेका विभिन्न सहयोगीबाट संकलन भएको रकमबाट सहयोग गरेको उनले बताए । 

दोस्रो चरणको अभियान अन्र्तगत भोलीपनि गोदावरी नगरपालिकाका विभिन्न वडाहरुमा राहत वितरण गर्ने कार्यक्रम रहेको प्रमुख अभियन्ता भट्टले बताए । 

पहिलो चरणको अभियानमा अतिविपन्न, गरिब, असहाय, बाढी पिडीत, अपाङ र अशक्त ३० परिवारलाई खाद्यान्न वितरण गरिएको थियो । 
 

कमेन्ट लोड गर्नुस