धनगढीकी सुनिता नेपाल गोल्डेन आइडलको उत्कृष्ट ७ मा
धनगढी: धनगढीकी सुनिता चन्दरा गोल्डन स्टार मल्टिमेडिया प्रालिले आयोजना गरेको सातौँ संस्करणको नेपाल गोल्डेन आइडलको उत्कृष्ट सातमा पुगेकी छिन् । कोरोनाको प्रभावले अवरुद्ध भएको आइडल फेरि सुरु भएकोमा धनगढी उपमहानगरपालिका वडा नम्वर १८ की सुनिता चन्दरा उत्कृष्ट सातमा पुगेकी हुन् ।
उनी उत्कृष्ट सातमा पुग्ने सुदूरपश्चिमकी एक्ली प्रतिस्पर्धी हुन् । गोल्डेन आइडल गायन तथा नृत्य विधामा हुँदै आएकोमा चन्दरा भने गायनतर्फ उत्कृष्ट सातमा पुगेकी हुन् ।
आज धनगढीमा पत्रकार सम्मेलन गर्दै सुनिता जिताऔँ अभियानको समेत थालनी गरिएको छ । पत्रकार सम्मेलनमा चन्दराले सुदूरपश्चिमबाट आफू एक्ली प्रतिस्पर्धी भएको बताउँदै जिताउन आग्रह गरिन् । उनका दाई रमेशले सुदूरपश्चिमको सान र मानका लागि पनि सुनितालाई जिताउन आग्रह गरे । सुजितालाई एसएमएसबाट NGI SC17 टाईप गरेर 33001 मा भोट गर्न सकिनेछ ।
साथै गोल्डेन स्टारको मल्टिमिडिया एपबाट पनि उनलाई भोट गर्न सकिनेछ । उत्कृष्ट ५ मा पुगेपछि सिधै फाइनल हुने आइडलको विजेताले १० लाख नगद पाउनेछन् ।