सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा देउसी भैलो खेल्न नपाइने

२०७७ कार्तिक २६, ०५:२१ खबर संवाददाता

डोटी: डोटीमा यस वर्षको तिहारमा देउसे भैलौ खेल्न नपाइने भएको छ । जिल्ला प्रशासन कार्यालय डोटीले देउसी भैलो खेल्नमा रोक लगाएको हो । 

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले उक्त निर्णय गरेको प्रमुख जिल्ला अधिकारी भिमप्रशाद भट्टराईले बताए ।

यस्तै राति ८ बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यक बाहेकका सवारी साधन सञ्चालनमा समेत रोक लगाइएको छ प्रमुख जिल्ला अधिकारी भट्टराईले बताए ।
 

कमेन्ट लोड गर्नुस