सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा थुनुवालाई कोरोना पुष्टि

२०७७ कार्तिक २६, ०३:४६ खबर संवाददाता

दार्चुला: जिल्ला प्रहरी कार्यालय दार्चुलाको हिरासतमा रहेका एक थुनुवामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कर्तव्य ज्यान मुद्धाको अनुसन्धानका क्रममा पक्राउ परेका शैल्यशिखर नगरपालिका–९ का ३८ वर्षीय पुरुष थुनुवाको कोरोना रिपोर्ट पोजेटिभ आएको  जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी भास्कर चन्दका अनुसार  दार्चुलामा पहिलो पटक थुनुवामा कोरोना संक्रमण देखिएको हो । 

कार्तिक २३ गते उनको स्वाब संकलन गरिएको र बुधबार डडेल्धुरा प्रयोगशालामा परीक्षणमा ती पुरुषमा कोरोना संक्रमण देखिएको प्रहरीले जनाएको छ । 
 

कमेन्ट लोड गर्नुस