कैलालीको चुरेमा तेस्रो वडाध्यक्ष कप भलिबल प्रतियोगिता सम्पन्न
धनगढी : कैलालीको चुरे गाउँपालिका वडा नम्बर २ वसन्तपुरमा तेस्रो वडाध्यक्ष कप भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।
मगंलबार औपचारिक कार्यक्रमकाबीच भलिबल प्रतियोगिताको समापन गरिएको हो । गाउँपालिकाको वडा नम्बर २ का अध्यक्ष तारासिंह साउदको प्रमुख आतिथ्यमा र वडा सचिव जनकराज जोशी विशिष्ट आतिथि रहेका थिए । कार्तिक २२ गतेदेखि सुरु भएको प्रतियोगितामा आयोजक समेत रहेको बसन्तपुर युथ क्लब (बिवाईसी) प्रथम भएको छ ।
प्रथम भएको बिवाईसिले ५ हजार नगद, ट्रफि, मेडल र प्रमाणपत्र पाएको छ । यस्तै कैलाशपुर भलिवल टिम दोस्रो भएको छ । उसले २५ सय नगद, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । खैराला युवा क्लब खैराला तेस्रो भएको छ । उसले १५ सय नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाएको छ ।
बिवाईसी क्लबका सचिव योगेश साउदले गाउँपालिकामा रहेका राम्रा खेलाडी उत्पादन गर्न कार्यक्रमको आयोजना गरेको बताएका छन् । उनका अनुसार गाउँपालिका स्तरिय हुने भलिबल खेलका लागि २४ जना छनोटमा परेका छन् । प्रतियोगितामा ७ टिमले सहभागिता जनाएका छन् ।