कञ्चनपुरका ७५ सय उखु किसानले बुझे अनुदान, साढे २४ करोड ९१ हजार भुक्तानी
धनगढीः कञ्चनपुरका उखु किसानले अनुदानको रकम पाएका छन् ।
जिल्लाका २ चिनी मिलमा उखु विक्री गरेका ५ हजार ७१४ जना किसानले अनुदानको रकम पाएका हुन् ।
उनीहरुले २४ करोड ५० लाख ९१ हजार अनुदानको रकम पाएको कोष तथा लेखा नियन्त्रकको कार्यालय कञ्चनपुरले जनाएको छ ।
कोष नियन्त्रक षडानन्द अधिकारीका अनुसार महाकाली चिनी मिलमा उखु विक्री गरेका ३ हजार ३९३ किसानले १३ करोड २५ लाख ६५ हजार ४८४ र भागेश्वर चिनी मिलमा उखु विक्री गरेका २ हजार ३२१ किसानले ११ करोड ३२ लाख २५ हजार ५१५ रुपैया अनुदानको पाएका हुन् ।
उनीहहरुलाई २०७६/०७७ को अनुदानको रकम कार्तिक २४ र २५ गते भुक्तानी गरिएको अधिकारीले बताए । किसानलाई प्रति क्वीन्टल ६५ रुपैया २८ पैसा सरकारले अनुदान दिदै आएको छ ।