सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीको सिलगढीका थप २ जनामा कोरोना पुष्टि

२०७७ कार्तिक २५, ०४:४३ खबर संवाददाता

धनगढीः डोटी जिल्ला अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा थप ३ जनामा संक्रमण पुष्टि भएको छ ।

२५ जनाको कोरोना परीक्षण भएकोमा २ जना नयाँ  र १ जना फ्लोअपका संक्रमितमा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।

अस्पतालका प्रयोगशाला इन्चार्ज शौरभ श्रेष्ठले डोटीको दिपायल सिलगढी नगरपालिकाका २ पुरुषमा कोरोना संक्रमण भेटिएको बताए ।

कमेन्ट लोड गर्नुस