आज आइपिएल फाइनल: दिल्ली भर्सेस मुम्बई
काठमाडौं: आज युएईमा जारी १३औँ सिजनको इन्डियन प्रिमियर लिग (आइपिएल) को फाइनल हुँदैछ ।
यो पटक उपाधिका लागि दिल्ली क्यापिटल्स र मुम्बई इण्डियन्स खेल्न लागेका हुन् । यी दुईबीचको खेल नेपाली समयअनुसार साँझ ७ः४५ बजेदेखि दुबईमा सुरु हुनेछ ।
आइपिएल २०२० मा दुबै टिमले राम्रो गर्दै फाइनलसम्मको यात्रा गरेका छन् । मुम्बईले दिल्लीलाई हराउँदै फाइनलमा स्थान बनाएको हो । दिल्लीले आइतबार राति सनराइजर्स हैदराबादलाई हराउँदै पहिलो पटक फाइनलको टिकट काट्न सफल भयो ।
दुबई अन्तराष्ट्रिय क्रिकेट मैदानमा मुम्बई र दिल्ली उपाधि उचाल्ने लक्ष्यसहित मैदान उत्रने छन् । तुलनात्मक रूपमा जारी सिजनमा दिल्लीभन्दा मुम्बई बलियो देखिएको छ । उसले दिल्लीलाई पहिलो क्वालिफायर र लिग चरणका दुबै खेलमा पराजित गरेको थियो ।