डोटीमा मोटरसाइकलको ठक्करबाट बृद्धाको मृत्यु भएपछि यातायात बन्द
धनगढी: डोटीमा सोमबार राति मोटरसाइकलको ठक्करबाट बृद्धाको मृत्यु भएपछि यातायात बन्द गरिएको छ ।
ठक्कर दिने व्यक्ति से५ख ९४६९ नम्बरको मोटरसाइल छोडेर फरार भएपछि दिपायलमा यातायात बन्द गरिएको हो ।
मोटरसाइकल चाललाई नियन्त्रण लिएर आवश्यक कारवाही गर्नुपर्ने माग सहित दिपायलमा यातायात बन्द गरिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
सोमबार राति सायल गाउँपालिकाकी ७० वर्षीया टिकेश्वरी बिकको मोटरसाइकलको ठक्करबाट मृत्यु भएको थियो ।
अहिले मृतकको शव अस्पतालमै रहेको छ ।