सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा भारततर्फ तस्करी भइरहेको १५ क्वीन्टल केराउ बरामद

२०७७ कार्तिक २३, ०६:५५ खबर संवाददाता

धनगढीः कैलालीमा भारतर्फ तस्करी भइरहेको १५ क्वीन्टल अवैध केराउ बरामद गरिएको छ ।

जिल्लाको टीकापुर नगरपालिका वडा नम्बर ९ खक्रौला पुरानो भन्सार नजिक भारततर्फ तस्करी गर्न भनी लुकाई छिपाई राखेको भन्ने सूचनाका आधारमा १५ क्वीन्टल केराउ बरामद गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले प्रहरी चौकी कालाकुण्डाबाट खटिएको टोलीले १ लाख १२ हजार ५ सय बराबरको अवैध केराउ बरामद गरिएको बताए ।

बरामद गरिएको केराउ आवश्यक कारवाहीका लागि भन्सार कार्यालय सत्तिमा बुझाइएको प्रहरी नायब उपरीक्षक विष्टले बताए । 
 

कमेन्ट लोड गर्नुस