उखु किसानद्वारा आन्दोलनको घोषणा
काठमाडौं: उखु किसानहरुले आन्दोलनको घोषणा गरेका छन् ।
उखु मिलहरुले गत वर्ष आफूहरुसँग किनेको उखुको बक्यौता भुक्तानीमा ढिलाइ गरेको भन्दै किसानहरुले मंसिर २७ गतेदेखि आन्दोलन सुरु गर्ने घोषणा गरेका हुन् ।
आइतबार उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई ज्ञापनपत्र बुझाउँदै उनीहरुले सबै बक्यौता भुक्तानी नभए आन्दोलनमा जाने बताएका छन् ।
ज्ञापनपत्र बुझ्दै मन्त्री भट्टले बन्द भएका उद्यागको जायजेथा बेचेर भएपनि किसानको रकम दिलाउने प्रतिवद्धता गरेका छन् । उनले किसानको उखु किनेर समयमै रकम भुक्तानी नगर्ने उद्योगीलाई नियन्त्रणमा लिएर समस्या समाधान गर्ने समेत बताए ।