सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको चुरेमा तेस्रो वडाध्यक्ष कप भलिबल प्रतियोगिता

२०७७ कार्तिक २३, ११:२२ खबर संवाददाता

धनगढी : कैलालीको चुरे गाउँपालिका– २ वसन्तपुरमा तेस्रो वडाध्यक्ष कप भलिबल प्रतियोगिताको उद्घाटन गरिएको छ ।  

शनिबार एक औपचारिक कार्यक्रमको आयोजना गर्दै भलिबल प्रतियोगिताको उद्घाटन गरिएको हो । गाउँपालिकाको वडा नम्बर २ का अध्यक्ष तारासिंह साउदको प्रमुख आतिथ्यमा र सोही वडाकै सचिव जनकराज जोशीको विशिष्ट आतिथ्यमा प्रतियोगिताको उद्घाटन गरिएको जनाइएको छ । 

वसन्तपुर यूथ क्लवका सचिव योगेश साउदका अनुसार प्रतियोगिताका लागि ७ टिम दर्ता भएका छन् । विजेता टिमलाई ५ हजारको चेकसहित ट्रफि, मेडलका साथै प्रमाण पत्र प्रदान गरिने र प्रतियोगिताको यही कार्तिक २४ गते समापन गरिने उनले जानकारी दिए । 

त्यसैगरी द्वितीय र तृतीय हुने टीमलाई क्रमशः २५ हजार, १५ हजारको चेकसहित ट्रफि, मेडलका साथै प्रमाण पत्र प्रदान गरिने छ ।  कार्यक्रम समापनका दिन वडाध्यक्ष साउद र सचिव जोशीलाई खादा ओढाएर सम्मान समेत गरिने बताइएको छ । 

त्यस्तै देव बहादुर साउदको कृत्रिम खुट्टा खरिदका लागि सहयोग रकम संकलन अभियान अन्तर्गत गाउँपालिकाको तर्फबाट १० हजार र वसन्तपुर यूथ क्लवको तर्फबाट २५ हजार गरी ३५ हजार सहयोग रकम हस्तान्तरण गरिने यूथ क्लवका सचिव साउदले बताए ।

कमेन्ट लोड गर्नुस