दार्चुलाका ५ स्थानीय तहमा कोरोनाका सक्रिय संक्रमित शुन्य
दार्चुला: दार्चुलाका ९ मध्ये ५ स्थानीय तहमा कोरोनाका सक्रिय संक्रमित शुन्य रहेका छन् । जिल्लाको महाकाली नगरपालिका, शैल्यशिखर नगरपालिका, मालिकार्जुन गाउँपालिका, लेकम गाउँपालिका र मार्मा गाउँपालिकामा सक्रिय संक्रमित नरहेको स्वास्थ्य कार्यालयका दार्चुलाका सुचना अधिकारी खगेन्द्र कार्कीले बताए ।
जिल्लाको दुहुँ गाउँपालिकामा २ जना तथा व्यासँ गाउँपालिकामा १ जना गरी दुई स्थानीय तहका ३ जनामात्रै कोरोनाका सक्रिय सक्रमित रहेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । जिल्लाको नौगाड गाउँपालिका तथा अपि हिमाल गाउँपालिकामा हालसम्म कोरोनाका कुनै व्यक्ति नरहेको समेत सुचना अधिकारी कार्कीले जानकारी दिएका छन् ।
जिल्लामा हाल सम्म ७ वटा स्थानीय तहका २६० जनामा कोरोना सक्रमण पुष्टि भएको छ ।