कैलालीमा १ बृद्ध मृत भेटिए
२०७७ कार्तिक २२, ०२:५०
धनगढीः कैलालीमा १ बृद्ध मृत अवस्थामा फेला परेका छन् ।
जिल्लाको जोशीपुर गाउँपालिका वडा नम्बर २ का ७४ वर्षीय समैलाल डगौरा मृत भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले डगौरा आफ्नै घरमा मृत भेटिएको बताए ।
प्रहरी नायब उपरीक्षक विष्टका अनुसार डगौरा घरमा झुण्डिएको अवस्थामा मृत भेटिएपनि घटनाको अनुसन्धान भइरहेको छ ।
कमेन्ट लोड गर्नुस