सुदूर नेपाललाई विश्वसँग जोड्दै

दुर्घटनामा मृत्यु भएका धनगढीका व्यापारीको अन्त्येष्टिका लागि शव धादिङ लगियो

२०७७ कार्तिक २२, ०९:४५ खबर संवाददाता

धनगढीः सवारी दुर्घटनामा मृत्यु भएका धनगढीका व्यापारीको अन्त्येष्टिका लागि शव गृह जिल्ला धादिङ लगिएको छ ।

बिहिबार भारतको दिल्लीबाट धनगढी आउँदै गर्दा हापुर भन्ने स्थानमा सवारी दुर्घटना ज्यान गुमाएका नेपाल अटो मोबाइल प्रा. लि. धनगढीका सञ्चालक कुमार गड्तोलाको अन्त्येष्टिका लागि शव गृह जिल्ला धादिङ लगिएको हो ।

कैलाली उद्योग वाणिज्य संघका सचिव सिद्धराज पनेरुले धनगढीको बोराडाँडी चोकमा व्यवसायीहरुले गड्तोलाको पार्थिक शरीरमा अन्तिम श्रद्धाञ्जली दिएपछि शव गृह जिल्ला लगिएको जानकारी दिए ।

धनगढीका व्यवसायीहरुले उनको पार्थिक शरीरमाथि पुष्प गुच्छा  र अटिमेकानिक्सका पदाधिकारीले झण्डा  ओढाउँदै अन्तिम श्रद्धाञ्जली दिएको पनेरुले बताए ।

व्यवसायीहरुले १ मिनेट मौन धारण समेत गरेका थिए ।

 

कमेन्ट लोड गर्नुस