सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा जीपबाट ३ किलो चरेश बरामद, ओसारपसारमा संलग्नको पहिचान भएन

२०७७ कार्तिक २२, ०६:५० खबर संवाददाता

धनगढीः  बैतडीमा सार्वजनिक जीपबाट प्रहरीले ३ किलो लागु औषध चरेश बरामद गरेको छ ।

बझाङको बित्थडबाट बैतडीको खोड्पे आउँदै गरेको से १ ज २२८ नम्बरको जीपमा चेकजाँच गर्दा ३ किलो ७ सय ग्राम लागु औषध चरेश बरामद गरिएको प्रहरीले जनाएको छ ।

बैतडीका प्रमुख प्रहरी नायव उपरीक्षक उपरीक्षक नारायणप्रसाद अधिकारीले जीपबाट चरेश बरामद गरिएपनि ओसारपसारमा संलग्नको पहिचान नखुलेको जानकारी दिए । 
 

कमेन्ट लोड गर्नुस