सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनको मुल्य प्रतितोला १ हजारले बढ्यो

२०७७ कार्तिक २१, ०३:२३ रासस

नेपाली बजारमा आज  सुनको मूल्यमा प्रतितोला रु एक हजारले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन रु ९७ हजार २०० मा कारोवार भएको छ ।  बिहीबार छापावाल सुन प्रतितोला रु ९६ हजार २०० मा कारोवार भएको थियो । 

यस्तै तेजाबी सुन बिहीबार रु ९५ हजार ७०० मा कारोवार भएकामा आज रु एक हजारले वृद्धि भई रु ९६ हजार ७०० मा कारोबार भएको छ । यस्तै चाँदीको मूल्यमा पनि बिहीबारको तुलनामा प्रतितोला रु ४५ ले वृद्धि भएको छ । 

बिहीबार प्रतितोला रु एक हजार २१० मा कारोवार भएको चाँदी आज भने प्रतितोला रु एक हजार २५५ मा कारोवार भएको छ । 
 

कमेन्ट लोड गर्नुस