कञ्चनपुरमा ग्यास सिलिण्डर लिक हुँदा आगलागी, ५० हजारको क्षती
धनगढीः कञ्चनपुरमा ग्यास सिलिण्डर लिक हुँदा आगलागी भएको छ ।
जिल्लाको पुनर्वास नगरपालिका वडा नम्बर ४ को कार्गिल डाँडाका पूर्णबहादुर शाहीको जस्ता पाताले छाएको १ तले पक्की घरमा ग्यास सिलिण्डर लिक हुँदा आगलागी भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले ग्यास सिलिण्डर लिक भई भएको आगलागीबाट ५० हजार बराबरको क्षती भएको बताए ।
उनले आगलागीबाट घरमा रहेका लत्ताकपडा, विद्युतीय मिटर, ग्यास चुलो, रेगुलेटर, भाडाकुडा लगायतका सामान जल्दा ५० हजार बराबरको क्षती भएको जानकारी दिए ।
आगो स्थानीयको सहयोगमा प्रहरीले नियन्त्रणमा लिएको थियो ।