सुदूर नेपाललाई विश्वसँग जोड्दै

गोरुले किच्दा घाइते भएकी बृद्धाको सेती अस्पतालमा मृत्यु

२०७७ कार्तिक २०, ०३:४९ खबर संवाददाता

धनगढी: गोरुले किच्दा घाइते भएकी एक बृद्धाको सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको छ । बैतडीमा आफ्नै गोरुले किच्दा घाइते भएकी जयन्ती भण्डारीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । 

जिल्लाको पञ्चेश्वर गाउँपालिका ६ रोडिदेवलकी ६० वर्षीया भण्डारीलाई बुधबार घर नजिकैको खेतमा गहुँ छर्ने क्रममा गोरुले किचेर घाइते बनाएको थियो ।

गम्भिर घाइते बृद्धाको सेती अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए । 

कमेन्ट लोड गर्नुस