सुदूर नेपाललाई विश्वसँग जोड्दै

ट्याक्टरको ठक्करबाट कैलालीमा एकको मृत्यु

फोटो : कैलाली खबरबाट
फोटो : कैलाली खबरबाट
२०७७ कार्तिक २०, १२:१९ खबर संवाददाता

धनगढीः ट्याक्टरको ठक्करबाट कैलालीमा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको घोडाघोडी नगरपालिका वडा नम्बर १ स्थित घोडाघाडी ताल नजिक से १ च ५०८४ नम्बरको ट्याक्टरले से ५ प १७६३ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा विहिबार सुखडका सुरेश लामिछानेको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । 

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टका अनुसार उनको घोडाघोडी अस्पतालमा मृत्यु भएको हो । ट्याक्टरसहित चालकलाई ईलाका प्रहरी कार्यालय सुखडले नियन्त्रणमा लिएको छ । 


 

कमेन्ट लोड गर्नुस