बैतडीमा भूकम्पको धक्का
२०७७ कार्तिक २०, ०६:२६
बैतडी : गएराति बैतडीमा भूकम्पको धक्का महशुस गरिएको छ ।
राती १० बजेर २३ मिनेटमा बैतडीमा भूकम्पको धक्का महशुस गरिएको हो ।
भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार बैतडीको दोगडाकेदार गाउँपालिका ४ श्रीकेदार केन्द्रबिन्दु बनाई ३ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्पले पुर्याएको क्षतीबारे भने जानकारी नआएको प्रहरीले बताएको छ ।
कमेन्ट लोड गर्नुस