दार्चुलाका पत्रकार जोशीलाई कोरोना संक्रमण
धनगढी: दार्चुलाका पत्रकार कमलराज जोशीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको स्वाब परिक्षणमा उनीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
१ सातादेखि ज्वरो आएर थप उपचारको लागि धनगढीको माया मेट्रो अस्पतालमा भर्ना भएका जोशीको मंगलबार कोरोना रिपोर्ट आएको हो ।
जोशीलाई कोरोना पोजेटिभ देखिएपछि सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा भर्ना गरिएको छ । उनको स्वास्थ्य अवस्थामा सुधार हुँदै आएको परिवारले जनाएको छ ।
उनी एभिन्युज टेलिभिजन दार्चुलाका सम्वाददाता एवं दार्चुला एफएमका स्टेशन म्यानेजर हुन ।