सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनको भाउ बढ्यो

२०७७ कार्तिक १८, ०३:३४ रासस

स्थानीय बजारमा आज सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मङ्गलबार सुनको मूल्य प्रतितोला रु ४०० ले बढेको छ । महासङ्घले आजका लागि छापावाला सुनको मूल्य प्रतितोला रु ९५ हजार ४०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार ९०० तोकेको छ । 

आइतबार र सोमबार मूल्य स्थिर रही छापावाला सुन प्रतितोला रु ९५ हजार र तेजाबी सुन प्रतितोला रु ९४ हजार ५०० मा कारोवार भएको थियो । यस्तै चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ । आज चाँदीको मूल्य प्रतितोला रु पाँचले वृद्धि भई एक हजार २१० पुगेको महासङ्घले जनाएको छ ।
 

कमेन्ट लोड गर्नुस