सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा लौरो र हतियार प्रहार गरी गाईको हत्या

२०७७ कार्तिक १८, ०१:२२ खबर संवाददाता

बैतडी: बैतडीमा लौरो र हतियार प्रहार गरी एउटा गाईको हत्या गरिएको छ । जिल्लाको मेलौली नगरपालिका १ तल्लागाँउ सुनगडाकी सुनकेशरी क्षेत्रीले पालेको गाईको हत्या भएको हो ।

सोमबार राति गोठमा बाँधिराखेको गाईको हत्या गर्ने स्थानीय ३२ वर्षीय अशोक विष्ट फरार रहेको जिल्ला प्रहरी कार्यालय बैतडीमा प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए । ‘विष्टले गोठमै गएर गाईको हत्या गरेको भन्ने उजुरी आएको छ, किन हत्या गरियो भन्ने खुलेको छैन’ उनले भने ।

 फरार रहेका विष्टमाथि गौहत्याविरुद्धको मुद्धा दर्ता गरेर कानुन बमोजिम कारवाही गरिने प्रहरीले जनाएको छ । 

गाई राष्ट्रिय जनावर हो । 


 

कमेन्ट लोड गर्नुस