सुदूर नेपाललाई विश्वसँग जोड्दै

अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा सुदूरपश्चिमका धानुकलाई रजत

२०७७ कार्तिक १७, ०६:५२ खबर संवाददाता

धनगढी: सुदूरपश्चिमका जगत धानुकले अन्तर्राष्ट्रिय कराँते प्रतियोगितामा पुनः रजत पदक जितेका छन् । 

फिलिपिन्समा भएको अन्तर्राष्ट्रिय अनलाईन प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै धानुकले रजत पदक प्राप्त गरेका हुन् । अक्टोबर ३० देखि नोभेम्बर १ गतेसम्म आयोजना गरिएको ७ औं नाशिमुरा कप अनलाईन कराँते च्याम्पीयनसिपमा उनले रजत पदक प्राप्त गरेका हुन् । 

१८ देखि २५ वर्षको उमेर समुहमा उनले रजत पाउँदा नेपालकै सुभाष घटनले स्वर्ण जितेका छन् । यो प्रतियोगितामा पदक पाउने उनी सुदूरपश्चिमका एक्ला खेलाडी हुन् । 

एक महिनाअघि मात्रै उनले अन्तर्राष्ट्रिय इकाता तेन्सिकाँन कराँते च्यम्पियनसिपमा रजत पदक जितेका थिए । तेन्सिकान सोतोकान कराँते संघ भारतको आयोजनामा भएको च्याम्पियनसिपमा धानुकले रजत पदक जितेका थिए । 

धनगढी कराते एकेडेमीका खेलाडी धानुक सुदूरपश्चिम प्रदेशका काता तथा कुमिते(फाईट) दुवै प्रतिस्पर्धाका च्याम्पियन खेलाडी हुन ।
 

कमेन्ट लोड गर्नुस