सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा पूर्व असई हत्या प्रकरणः हत्यामा संलग्नलाई कर्तव्य ज्यान मुद्दा चलाइने

२०७७ कार्तिक १७, ०४:४२ खबर संवाददाता

दार्चुला: दार्चुलामा पूर्व प्रहरी सहायक निरीक्षक(असई) तेजबहादुर पालको हत्यामा संलग्नलाई कर्तव्य ज्यानमा मुद्धा चलाएर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

प्रहरीले ४६ वर्षीय तेज बहादुरको हत्यामा संलग भएको भन्दै ३२ वर्षीय रमेश पाललाई हिरातमा राखेर अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवं सूचना अधिकारी भास्कर चन्दले जानकारी दिएका छन् । 
प्रहरी हिरासतमा रहेका पालले आफूले टाउकोमा लठ्ठीले हिर्काएर तेजको हत्या गरेको स्विकारेको समेत बताइएको छ । 

लेकम गाउँपालिका वडा नम्बर ४ टकनाका स्थानीय पालको शनिबार राति हत्या भएको थियो ।

कमेन्ट लोड गर्नुस