डोटीमा अरिङ्गालले टोक्दा बृद्धको मृत्यु
डोटी: डोटीमा अरिङ्गालको टोकाइबाट एक बृद्धको मृत्यु भएको छ । जिल्लाको आदर्श गाउँपालिका–१ बाँझककानीको बाहुन टाककी अन्दाजी ७५ वर्षीया कटि लुहारको अरिङ्गालको टोकाइबाट मृत्यु भएको हो ।
गोठालो गएका बेला आइतबार अपरान्ह ५ बजेतिर अरिङ्गालले टोकेपछि उनलाई उपचारका लागि मौवा नगरदह स्वास्थ्य चौकीमा लगिएको थियो ।
उपचारपछि घर ल्याइएकी कटिको सोमबार बिहान २ बजेतिर मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।