सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीमा १ लाखको अवैध सामान बरामद

२०७७ कार्तिक १७, ०३:४१ खबर संवाददाता

बैतडी : बैतडी प्रहरीले १ लाख बराबरको अवैध सामान बरामद भएको छ । महाकाली नदीमा ट्युबमार्फत ल्याइएका सामग्री सदरमुकाम गोठलापानी बजार नजिकबाट बरामद गरिएको हो । 

लुकाई छिपाई सु.प.प्र.००१ ज १२३१ नं को जीपमा ल्याउदै गरेको ६ पेटी सलाई, ७ बोरा चप्पल र २ वटा जिपको टायर गरी अन्दाजी १ लाखको सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए । 

सामान बरामद गरिएको भएपनि मानिस भने फरार रहेको प्रहरीले जनाएको छ ।

कमेन्ट लोड गर्नुस