टीकापुरका नगरप्रमुख रावललाई कोरोना संक्रमण
२०७७ कार्तिक १७, ०३:०८
धनगढी - कैलालीको टीकापुर नगरपालिकाका नगरप्रमुख तपेन्द्र रावललाई कोरोना भाइरसको संक्रमण देखिएको छ ।
सोमबार आफुमा कोरोना पुष्टि भएको नगरप्रमुख रावलले फेसबुकमार्फत जानकारी दिएका छन् । उनले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको र हाल होम आइसोलेसनमा बसिरहेको जानकारी दिएका छन् ।
साथै उनले आफ्नो सम्पर्कमा आएकाहरुलाई सावधानी अपनाउन आग्रह गरेको छन् ।
कमेन्ट लोड गर्नुस