सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेता ओझाको रिहाईको माग गर्दै नेविसंघद्वारा कैलाली प्रशासनमा धर्ना

२०७७ कार्तिक १६, ०५:०६ खबर संवाददाता

धनगढी: आफ्ना नेताको रिहाईको माग गदैँ नेपाल विद्यार्थी संघले जिल्ला प्रशासन कार्यालय कैलाली अगाडि धर्ना दिएको छ । 

नेविसंघ शंकरदेव क्यम्पसका नेता दिपक ओझालाई प्रहरीले बिनाकारण अपहरण शैलीमा पक्राउ परेको भन्दै कार्यकर्ताहरुले रिहाईका माग गरेका हुन । अत्तरियाबाट मोटरसाईकल ¥यालीसहित प्रशासन पुगका नेविसंघ कार्यकर्ताहरुले एक घण्टा धर्ना दिएका थिए ।

ओझालाई प्रहरीले अत्तरियाबाट कार्तिक १२ गते पक्राउ गरेको थियो । 

 

कमेन्ट लोड गर्नुस