सुदूर नेपाललाई विश्वसँग जोड्दै

समाजसेवी चन्दको सम्झनामा मन्दिर निर्माण गरिने

२०७७ कार्तिक ४, ०७:३४ खबर संवाददाता

धनगढी  : समाजसेवी दीपबहादुर चन्दको सम्झनामा मन्दिर निर्माण गरिने भएको छ ।

शिक्षा क्षेत्रमा समेत अतुलनिय योगदान पुगाएका स्व. चन्दको सम्झनामा गौरीगंगा नगरपालिकाको चौमालामा मन्दिर स्थापना गरिने भएको छ ।

चौमाला बहुमुखी क्याम्पसको प्राङ्गणमा निर्माण हुने मन्दिरको सोमबार शिलान्यास गरिएको छ । उनका छोरा÷बुहारी चक्रबहादुर र सुशीलाले मन्दिरको शिलान्यास गरेका हुन्।

न्युजिल्याण्ड बस्दै आएका चक्रबहादुर दम्पत्तीले बुबा स्व.दीपबहादुर, आमा स्व. पद्मादेवी, भाइ तेजविक्रम चन्दको स्मृतिमा १० लाखमा मन्दिर निर्माण गरिरहेका हुन् ।

मन्दिर निर्माणमा उनका भाईहरु मीन, नवीन, विक्रान्त र रविनले समेत सहयोग गरेका छन् । स्व. दीपबहादुर चन्दले गौरीगंगामा शिक्षाको विकासमा ठुलो योगदान पुगाएका थिए । 
 

कमेन्ट लोड गर्नुस