सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिममा संक्रमितको संख्या ८७०१ पुग्यो,७१८९ डिस्चार्ज

२०७७ असोज ३०, ०६:१८ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको ८ हजार सात सय पुगेको छ।

बीहिबार एकैदिन एक सय ४२ जना थपिएसँगै संक्रमितको संख्या ८ हजार सात सय एक पुगेको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयका अनुसार भने प्रदेशमा संक्रमितको संख्या ८ हजार चार सय ३८ पुगेको छ। सामाजिक विकास मन्त्रालयले प्रदेश बाहिर रहेका सुदूरपश्चिमका संक्रमितको तथ्यांक समावेश नगरेकाले संक्रमितको संख्या स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको भन्दा कम देखिएको जनाएको छ।

सुदूरपश्चिममा सबैभन्दा धेरै कैलालीमा तीन हजार एक सय ३० जनामा संक्रमण पुष्टि भएको छ। उनीहरु मध्ये दुई हजार पाँच सय ४२ जनाले कोरोना जितेका छन् भने १० जनाको मृत्यु भईसकेको छ।

यस्तै डोटीका एक हजार एक सय ७५, अछामका एक हजार एक सय २३, कञ्चनपुरका नौ सय ५१, बझाङका पाँच सय ७९, बाजुराका चार सय ५९, बैतडीका चार सय ५८, डडेल्धुराका तीन सय ६७ र दार्चुलाका एक सय ९३ जनामा संक्रमण पुष्टि भएको छ।

प्रदेशभर संक्रमण पुष्टि भएका ७ हजार एक सय ८९ जनाले कोरोना जितेका छन् भने २४ जनाको मृत्यु भएको छ। 
 

कमेन्ट लोड गर्नुस