सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा करेन्टलागेर एककको ज्यान गयो

२०७५ साउन २७, ०३:४८

डोटीको बोगटान गाउपालिका ४ सात्फरि स्थित जजला गाउमा करेन्ट लागेर एकजनाको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका अनुसार करेन्ट लागेर ज्यान गुमाउनेमा जजला गाउका ५६ बर्षिय खडकसिंह बम रहेका छन् । गाउ नजिकैको बाटोमा लत्रिएको बिद्युत तार छुदा उनलाई करेन्ट लागेको स्थानिय खडक बोहराले बताए । करेन्ट लागेर ज्यान गुमाएका बमको सब पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिलगढी ल्याउदै गरेको प्रहरीले जनाएको छ । गएको दुई महिनाको अबधिमा डोटीमा करेन्ट लागेर ६ जनाको ज्यान गईसकेको छ ।
 

कमेन्ट लोड गर्नुस