सुदूर नेपाललाई विश्वसँग जोड्दै

कार्यालयको काम छाडेर गाउँपालिका अध्यक्षसहितको टिम पिकनिकमा ! अध्यक्ष भन्छन् –झुटो हो

२०७७ असोज २४, ११:०३ खबर संवाददाता

धनगढी: डोटीमा गाउँपालिकाका अध्यक्षसहितको टिम कार्यालयको काम छाडेर पिकनिक खान भएको भन्दै विरोध भएको छ। जिल्लाको पुर्वीचौकी गाउँपालिकाका जनप्रतिनिधी र कर्मचारीहरु कार्यालय समयमा जनताका कामलाई बेवास्ता गरी पिकनिक खान गएको भन्दै शुक्रबार नेविसंघले गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेको छ। 

शुक्रबार गाउँपालिका अध्यक्ष दिर्घराज बोगटी, उपाध्यक्ष निर्मला साउँद, कार्यकारी अधिकृत टेकबहादुर खड्का लगायत कर्मचारीहरु अछामको कैलाश खोलामा पिकनिक खान गएको  नेविसंघ पूर्वीचौकी गाउँपालिका इकाईका अध्यक्ष रेशम बिक्रम खड्काले जानकारी दिए। 

उनले एक विज्ञप्ति नै जारी गर्दै सहमतीविना उक्त लगाइएको ताला खोलिएमा त्यसबाट उत्पन्न हुने परिस्थितीको सामना गनुपर्ने चेतावनी समेत दिएका छन्। 

उता पूर्वीचौकी गाउँपालिका अध्यक्ष दिर्घराज बोगटीले भने उक्त आरोप झुटो भएको बताएका छन्। आफुहरु पिकनिक खान नभई एक कार्यक्रमका लागि साफेबगर गएको उनले बताए। ‘हिजो कार्यालयमा भएका स्वास्थयकर्मीहरु शुक्रबार भएकाले अनुगमनमा गएका रहेछन्, हामी पनि एउटा कार्यक्रमको लागि साँफे आयौं। हामी पिकनिक खाने ठाउँमा पुगेकै छैनौ’ उनले भने।

साथै उनले तालबन्दीको कारण बुझिरहेको बताएका छन्। 

कमेन्ट लोड गर्नुस