सुदूर नेपाललाई विश्वसँग जोड्दै

गेटामा बसले मोटरसाईकललाई ठक्कर दिदा चालक घाईते

२०७७ असोज २३, ०७:१२ खबर संवाददाता

धनगढीः कैलालीको गेटामा बसले मोटरसाईकललाई ठक्कर दिदा चालक घाईते भएका छन्।

धनगढीबाट अत्तरियातर्फ गईरहेको  से ५ प ७८०१ नम्बरको मोटरसाईकललाई सोही ठाउँ गईरहेको ना ५ ख ८९३२ नम्बरको बसले ठक्कर दिदा चालक घाईते भएको प्रहरीले जनाएको छ।

घाईते हुनेमा गोदावरी नगरपालिका वडा नम्बर ८ श्रीपुर बस्ने ४० वर्षीय बुद्धि चौधरी रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

चौधरीको पद्यमा अस्पतालमा उपचार भईरहेको छ भने अवस्था मध्यम छ। बस र चालकलाई ईलाका प्रहरी कार्यालय मालाखेतीले नियन्त्रणमा लिएको छ। 
 

कमेन्ट लोड गर्नुस