बैतडीमा जीप दुर्घटना
बैतडी: बैतडीमा शुक्रबार जीप दुर्घटना भएको छ। जिल्लाको पञ्चेश्वर गाउँपालिकाको आम्चोराबाट कुलाउतर्फ जाँदै गरेको से१ज ८८८ नम्बरको जिप दुर्घटना हुँदा ५ जना समान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जानकारी दिएको छ।
जीपमा सवार १० जना मध्ये ५ जना समान्य घाइते भएका र उनीहरुको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए।
जीप सडकबाट करीब ३० मिटर तल खसेको बताइएको छ। दुर्घटनाको कारण भने खुल्न सकेको छैन्।