सुदूर नेपाललाई विश्वसँग जोड्दै

आमाले छाडेर गइन, बुवाले अर्को विहे गरेपछि भारी बोकेर भाइबहिनी पाल्दैछिन् कौशिल्ला

२०७७ असोज २२, ०३:०६ प्रकाश सिंह

बाजुरा: बाजुराको बुढीगंगा नगरपालिका–१ अम्कोट बस्ने कौशील्ला केसीका ५ भाइबिहिनी छन्। आमाले २ वर्ष अघि अर्को विहे गरेपछि उनको काँधमा भाइबहिनीको जिम्मेवारी आइपरेको छ। आमाले गाउँमै परपुरुषसँग सम्बन्ध गरेको भन्दै आरोप लगाएपछि उनी घर छोडेर माइत गएको र माइतबाटै अर्को बिहे गरेको कौशील्लाले बताइन। 

बुवा धनबहादुर केसीले पनि अर्को बिहे गरेपछि कोशील्लाले अहिले भारी बोकेर भाइबहिनीलाई पालिरहेकी छन्। कक्षा ११ मा अध्यनरत कौशिल्ला आफ्नो पढाइसँगै भाइबहिनीको पालनपोषण र शिक्षादिक्षामा सहयोग गरिरहेकी छन्। 

कौशिल्लाको भाई दिनेश केसी कक्षा १० मा भानोदय माविमा अध्ययनरत छन्। भने, उनकी बहिनी बसन्ती कक्षा ६ मा धुरालसैन माविमा र अर्की बहिनी कविता बसन्त प्राविमा पढछन्। कान्छो ६ वर्षीय भाइ सुजन भने फपुको घरमा बस्ने गरेको कौशील्लाले बताइन। सुजन त्यहिबाट विद्यालय जाने गरेका छन्। 

डोटीको सिलगढीमा कक्षा ११ मा छात्रवृती कोटामा अध्ययनरत उनी अहिले बिदा भएर घर आएकी छन्। उनी पहिलेदेखि नै विदामा घर आएका बेला भारी बोक्ने काम गर्थिन। त्यहिबाट आएको ज्यालाले भाइबहिनीका लागि लुगाकपडा किन्ने गरेको कौशील्लाले बताइन। ‘यसपटक चैतदेखि लकडाउन भएकाले बिदा छ, बिदाको सदुपयोग गर्दै भाइबहिनीलाई सहयोग गर्न काम गर्दैछु’ उनले भनीन। 

बुवाले अको बिहे गरेको बताउने उनले आर्थिक अवस्था निकै कमजोर भएकाले परिवार पाल्न समस्या भएको बताइन। ‘बुवाले सहयोग त गर्छन्, तर आर्थिक अवस्था निकै कमजोर भएकाले समस्या  छ’ उनले भनीन, ‘भएको खेतहरु पहिरोले बगाइसकेको छ। बाह्रै महिना किनेर खानुपरेको छ।’

तर अहिले उनलाई मजदुरी काम पाउन पनि मुस्किल भएको छ। ‘अम्कोटमा पहिराले सडक अवरोध भएपछि त्यहि सडकमा काम गर्थे’ उनले भनीन, ‘अहिले सडक सञ्चालन भएपछि कामको खोजीमा छुँ, स्थानीय बजारमा पनि खासै काम पाइँदैन।’ 

 

प्रकास सिह दिनेश खवरका बाजुरा संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस