कोरोनाबाट वडा सदस्यको मृत्यु
कोरोना भाइरस संक्रमणबाट एक जना वडा सदस्यको मृत्य भएको छ। रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ का वडा सदस्य इन्जिनियर सुवोध तुलाचनको मृत्यु भएको हो।
भैरहवास्थित युनिभर्सल मेडिकल कलेजको भेन्टिलेटरमा उपचारको क्रममा बुधबार राति उनको मृत्य भएको जनाइएको छ।
४७ वर्षीय तुलाचन नेपाली कांग्रेसका तर्फबाट वडा सदस्यमा निर्वाचित रहेका उनमा यही असोज १३ गते कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो। १४ गते श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल लगिएको थियो।
उनको निधनको शोकमा आज वडा कार्यालयको सेवा बन्द गरिएको वडाकार्यालयले जनाएको छ।