सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीका थप ४१ जनामा कोरोना पुष्टि

२०७७ असोज २१, ०३:२१ खबर संवाददाता

धनगढी– सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा बुधवार थप ४१ जनामा कोरोना पुष्टि भएको छ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा चार सय ९६ जनाको कोरोना परीक्षण भएकोमा धनगढी उप–महानगरपालिकाका ४१ जनामा संक्रमण पुष्टि भएको हो।

प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले दिएको जानकारी अनुसार वडा नखुलेका २८ जना, वडा नम्वर ३, ५ र ८ का तीन/तीन जना, वडा नम्वर १ का दुई जना, वडा नम्वर २ र ४ का एक/एक जनामा संक्रमण पुष्टि भएको छ। योसंगै धनगढीमा कोरोना सक्रमितको संख्या ८ सय ५३ पुगेको छ। 
 

कमेन्ट लोड गर्नुस