सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाका आठ स्थानीय तहमा कोभिड अस्पताल निर्माण हुँदै

फाइल फोटो
फाइल फोटो
२०७७ असोज २१, ०३:१२ खबर संवाददाता

दार्चुला: दार्चुलाका आठ वटा स्थानीय तहमा कोभिड अस्पताल निर्माण हुने भएको छ। कोरोना भाइरसको बढ्दो जोखिम नियन्त्रण गर्न अस्पताल निर्माण हुने स्थानीय तहका स्वास्थ्य संयोजकहरुले जानकारी दिएका छन्। 

जिल्लाको महाकाली नगरपालिका बाहेक शैल्यशिखर नगरपालिका, मालिकार्जुन गाउँपालिका, लेकम गाउँपालिका, अपि हिमाल गाउँपालिका, नौगाड गाउँपालिका, दुहुँ गाउँपालिका, मार्मा गाउँपालिका र व्यासँ गाउँपालिकामा अस्पतला निर्माण हुने भएको हो। ती सबै स्थानीय तहमा ५ सैयाको कोभिड अस्थाई अस्पताल निर्माण हुने स्वास्थ्य संयोजकहरुले जानकारी दिएका छन्।

हालसम्म नौगाड गाउँपालिका, लेकम गाउँपालिका, मालिकार्जुन गाउँपालिका, दुहुँ गाउँपालिका लगायत विभिन्न स्थानीय तहले कोभिड अस्पताल निर्माणका लागि आवश्यक प्रक्रिया सुरु गरिसकेका छन्।  

संघीय सरकारले अस्पताल नभएका स्थानीय तहहरुमा अस्थायी कोभीड अस्पताल निर्माणका लागि १० लाखका दरले बजेट पठएको छ। 

कमेन्ट लोड गर्नुस