मेडिकल कलेजका सहायक निर्देशक कनोडियालाई कोरोना पुष्टि
२०७७ असोज २०, ०४:५८
नेपालगन्ज: नेपालगन्ज शिक्षण अस्पतालका सहायक निर्देशक नितेश कनोडियालाई कोरोना संक्रमण पुष्टि भएको छ। उनले असोज २० गते पिसिआर परीक्षण गरेका थिए।
आफ्नो स्वास्थ्य अवस्था समान्य रहेको र होम आइसोलेसनमा बसेको कनोडियाले बताएका छन्।
कमेन्ट लोड गर्नुस