थप १५५१ जनामा कोरोना पुष्टि, संक्रमित संख्या ९०८१४ पुग्यो
धनगढी : नेपालमा पछिल्लो २४ घण्टामा देशभर १ हजार ५५१ नयाँ संक्रमित थपिएका छन्।
देशभरका प्रयोगशालामा गरिएको ११ हजार ४७ जनाको पिसीआर परीक्षणमा १ हजार ५५१ जनामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।
यो सँगै संक्रमितको संख्या ९० हजार ८१४ पुगेको छ।
२४ घण्टा २ हजार ३४० जना डिस्चार्ज भएका छन्। देशभर कोरोना संक्रमण मुक्त हुनेको संख्या ६७ हजार ५४२ जना पुगेको छ। देशभर २२ हजार ७०९ जना सक्रिय संक्रमित छन्।