धनगढी विमानस्थलका लागि अधिग्रहण गरिने जग्गाको क्षेत्र यकिन नहुँदा अन्यौलता
धनगढीः गत वर्षको माघमा धनगढी विमानस्थलको २० वर्षे गुरु योजना सार्वजनिक गर्दै नेपाल नागरिक उड्यन प्राधिकरणले स्तरोन्नतीका लागि हाल कायम रहेको समेत गरी दुई सय ९७ बिघा जग्गा आवश्यक पर्ने प्रस्ताव गरिएको जनाएको थियो।
विमानस्थल कार्यालयसंग अहिले ७० बिघा मात्रै रहेकाले थप दुई सय २७ बिघा जग्गा अधिग्रहण गर्नुपर्ने आवश्यकता छ। तर अधिग्रहण हुने जग्गाको चार किल्ला नछुट्याएपछि अन्यौलता बढेको छ भने जग्गा अधिग्रहणको विषय सार्वजनिक भएपछि विमानस्थल आसपासका स्थानीयमा समेत अन्यौल सिर्जना भएको छ।
विमानस्थलका लागि अधिग्रहण हुने जग्गाको क्षेत्र टुङ्गो नलाग्दा स्थानीयहरुले भावी योजना बनाउन पाएका छैनन्। गेटा विमानस्थल नजिकै बसोबास गर्दै आउनुभएका स्थानीय लालबहादुर महराले अधिग्रहण गरिने जग्गाको क्षेत्र यकिन नगरिदा अन्यौता सिर्जना भएको बताए।
उनले अधिग्रहरण हुने जग्गाको टुङ्गो लाग्न नसक्दा आसपासका क्षेत्रमा खरिद बिक्रिको काम पनि रोकिएको जनाउँदै उक्त कुरा चाडो टुङ्गोमा पुगाउनुपर्ने बताए। स्थानीयले यसबीचमा अधिग्रहण हुने जग्गाको क्षेत्रफल छुट्याउन माग गर्दै विमानस्थल कार्यालय र स्थानीय प्रशासनसँग समेत भेटघाट गरेका छन्।
तर प्रशासनले गुरु योजना सार्वजनिक भएपनि अधिग्रहण हुने जग्गाको चार किल्ला प्राप्त नभएको प्रतिक्रिया दिएपछि थप अन्यौल सिर्जना भएको उनीहरुको भनाई छ। विमानस्थल स्तरोन्नतीको गुरु योजना बनाएको रियल पाथ इन्जिनीयरिङ कन्सल्टेन्सीले भने साढे चार सय मिटरदेखि एक किलोमिटर क्षेत्र सम्मको जग्गा अधिग्रहण गर्नुपर्ने प्रस्ताव गरेको छ।
अहिले कायम रहेको विमानस्थलको केन्द्रदेखि पूर्व, पश्चिम, उत्तर र दक्षीणतर्फ गरी साढे चार सय मिटरदेखि एक किलोमिटर क्षेत्रफल सम्मको जग्गा अधिग्रहण प्रस्ताव गर्रिपनि चारैतर्फ के कती जग्गा अधिग्रहण हुन्छ भन्ने कुराको तथ्याङ्क अmभै तयार भएको छैन्। गुरु योजना सार्वजनिक भएपछि अन्य प्रक्रिया अगाडी बढेको छैन् भने कन्सल्टेन्सीको उक्त प्रस्तावमाथि समेत पुनः छलफल नभएको बताईएको छ।
धनगढी विमानस्थल कार्यालयका प्रमुख तेजबहादुर बुढथापाले गुरुयोजना सार्वजनिक भएपनि थप छलफल नभएको जानकारी दिए। उनले कोरोना भाईरसको महामारीका कारण गुरु योजनामाथि छलफल नभएको हुनसक्ने बताउँदै नेपाल नागरिक उड्यन प्राधिकरणबाट नै ती विषयको टुङ्गो लाग्ने बताए। तर विमानस्थलको केन्द्रदेखि के कती क्षेत्र सम्म अधिग्रहण गरिन्छ भन्ने कुरा यकिन नभएपछि अन्यौलता थपिएको हो।
उक्त विषय अहिले नै स्पष्ट भएमा आसपासको जग्गामा संरचना नबन्ने विश्वास गरिएपनि नागरिक उड्यन प्राधिकरणले भने थप प्रक्रिया थालेको छैन्। नेपाल नागरिक उड्यन प्राधिकरणबाट धनगढी विमानस्थल हेर्दै आएका प्रदिप अधिकारीले गुरु योजना सार्वजनिक भएपछि अन्य काम अगाडी बढ्न नसकेमो जानकारी दिए। यता, स्थानीय प्रशासनले समेत विमानस्थलको जग्गा अधिग्रहण सम्बन्धी कुनै पनि प्रक्रिया अगाडी नबढेको जनाएको छ।
आसपासका स्थानीयले अधिग्रहण हुने जग्गाको क्षेत्रफल टुङ्गो लगाएर प्रक्रिया थालेर सहज गरिनदिन गरेको मागमा ध्यानाकर्षण भएपनि माथिल्लो निकायबाट कुनै निर्देशन प्राप्त भएको छैन्। कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराले जग्गा अधिग्रहणका लागि कुनै किसिमको परिपत्र नआएको बताए।
उनले गुरु योजना अनुसार अधिग्रहण गर्नुपर्ने जग्गाका विषयमा स्थानीयले गराएको ध्यानाकर्षणलाई गम्भीर रुपमा लिईएकाले कुनै परिपत्र आएपछि मात्र थप प्रक्रिया अगाडी बढाईने जानकारी दिए। तर कतिपयले भने प्रस्तावीत दुई सय ९७ भन्दा बिघा जग्गा पर्याप्त नभएकाले प्रस्तावमाथि पुर्नविचार हुनसक्ने आशंका समेत व्यक्त गर्दै आएका छन्।
तर संघिय सरकारको नेपाल नागरिक उड्यन प्राधिकरणले भने परामर्शदाताले पेश गरेको प्रस्ताव अझै छलफलकै चरणमा रहेको बताउँदै आएको छ।