सुदूर नेपाललाई विश्वसँग जोड्दै

पत्रकार देउवाद्वारा तेजु स्मृति अक्षय कोष स्थापनाका लागि आर्थिक सहयोग

२०७७ असोज २०, १०:४९ खबर संवाददाता

डोटी : पत्रकार टेकेन्द्र देउवाले तेजु स्मृति अक्षय कोष स्थापनाका लागि आर्थिक सहयोग गरेका छन्। नेपाल पत्रकार महासंघ डोटीका पूर्व अध्यक्ष समेत रहेका देउवाले तेजु स्मृति अक्षय कोष स्थापनाका लागि आर्थिक सहयोग गरेका हुन्। उनले आफ्नो जन्मदिनको अवसरमा १३ हजार पाँच सय ५५ रुपैंया सहयोग गरेका हुन्।

देउवा धनगढी उप–महानगरपालिकाका प्रेस सल्लाहकार पनि हुन्। नेपाल प्रेस युनियन डोटीले स्व. पत्रकार तेज बहादुर खड्का (तेजु) को स्मृतिमा अक्षय कोष स्थापना गर्न लागेको अध्यक्ष प्रकाश बलम बताए। युनियन डोटीका संस्थापक अध्यक्ष समेत रहेका पत्रकार खड्का बाजुराको बुढीनन्दा धार्मिक तथा पर्यटकीय स्थलको रिपोर्टिङ्ग गरेर फर्किने क्रममा बेपत्ता भएका थिए।

बेपत्ता भएका खड्काको तीन बर्ष पछि मात्रै कंकाल भेटिएकोमा डिएनए र घटना स्थलमा भेटिएका सामग्रीको आधारमा उनको मृत्यु भएको पुष्टि भएको थियो।

कमेन्ट लोड गर्नुस